साउथ सुपरस्टार विजयको वसन्तपुरमा ‘भागदौड’
मङ्गलबार, २१ मङ्सिर २०७८, १९ : १६
दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् ।
यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार नेपाल आएका थिए । शनिबार देखिनै वसन्तपुर आसपासका स्थानमा छायाङ्कन भएको वेब सिरिजको आज मंगलबारबाट नेपाल छायाङ्कन सकिएको युनिटका सदस्य दिलिप पनतले बताए ।
सिरिजको वसन्तपुर क्षेत्रमा एक्सन, भाग दौडलगायतका दृश्यहरु छायाङ्कन गरिएको छ । उनीहरूको सुटिङ हेर्न दैनिक सर्वसाधारणको बाक्लो भिड समेत लाग्ने गरेको थियो । सुटिङका क्रममा विजय र केकेले नेपाली फ्यानसँग फोटो समेत खिचाएका छन् । सर्वसाधारणले उनीहरूसँग खिचाएको तस्बिर अहिले सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ । सिरिज छायाङ्कनका लागि नेपाल आएका विजय सेतुपाथी र केके मनन भोलि भारत फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?