बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फोकसवान पेमेन्ट सोलुसन्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध पहिलो भुक्तानी सेवाप्रदायक

मङ्गलबार, २१ मङ्सिर २०७८, २१ : ५६
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरण थालनी निम्ति फोकसवान पेमेन्ट सोलुसन्स प्रालिसँग आज सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा फोकसवान पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय राजभण्डारी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै फोकसवान पेमेन्ट सोलुसन्स, नेशनल पेमेन्ट स्वीचमा जोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने विभिन्न सेवा तथा उपकरण्हरू फोकसवान आफूले प्रयोग गर्नुका साथै अन्य विभिन्न बैंक वित्तीय संस्थालाई पनि उपलब्ध गराउनेछ ।

नेपाल सरकारको बजेट तथा मौदि«क नीतिमा समेत उल्लेख भएबमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई नेपाल राष्ट्र बैकले पहिलो चरण कार्यान्वयनको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । पहिलो चरणसंग सम्बन्धित काम सकेर संचालन तयारी भइरहेको छ । यस क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि एनसीएचएलले विभिन्न बैंक÷वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरूसँग आवश्यक सहकार्य गरिरहेको जनाएको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू, वालेट–वालेट बीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता लगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुनेछन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइकामार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्यथप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ । नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरूसँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरण प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप