खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा आइफोन १३’ अफर फेरि ल्याएको छ । ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागु हुने यो अफरमा एक लाख खल्ती पोइन्ट्स ५० रुपैेयाँमै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रयोगकर्ताहरूले यसमा सहभागी हुन खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्नसक्ने खल्तीले जनाएको छ ।
अन्तिममा एक जना विजेताले आइफोन १३ प्राप्त गर्नसक्ने र दैनिक एक जना प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स प्राप्त गर्नसक्ने पनि सो कम्पनीले जनाएको छ । केवाईसी भेरिफाइड भएका खल्ती एकाउन्टबाट यो क्याम्पेनमा सहभागी हुन पाइनेछ । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु भएको प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।
क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्कीड्रमार्फत खल्तीले विजेता घोषणा गर्नेछ । आफ्ना प्रयोगकर्ता संख्या २० लाख नाघेको खल्तीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित