बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भिभोले नेपालमा चौथो वार्षिकोत्सव मनाउँदै

मङ्गलबार, २१ मङ्सिर २०७८, २२ : ००
मङ्गलबार, २१ मङ्सिर २०७८

प्राविधिक ब्राण्ड भिभोले नेपालमा आफ्नो चौथो वाषर््िाकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । यस वर्ष अघिल्ला वर्षहरूभन्दा भन्दा ठूलो र आकर्षक ढंगले मनाइने कम्पनीले जानकारी दिएको छ । 
चार वर्ष अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको र अत्यधिक बिक्री हुने ब्राण्डमा आफ्नो स्थान बनाएको पनि दाबी गरेको छ । बार्षिकोत्सव अवसरमा नयाँ स्मार्टफोनहरू ग्राहकसमक्ष ल्याउने पनि जनाएको छ । वार्षिकोत्सवलाई बिक्री महोत्सवका रूपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा सम्मानित गरिने जानकारी दिएको छ ।

भिभोले बिक्री महोत्सव १५ डिसेम्बर २०२१ मा शुरू भइ ५ जनवरी २०२२ सम्म संचालन गर्नेछ । त्यस अवधिमा भिभो ह्याण्डसेट खरीद गर्ने ग्राहक ‘लक्की ड्र’ मा सहभागी हुनसक्ने जानकारी पनि दिएको छ । सहभागी हुन ग्राहकरूले भिभोका पसल र खुद्रा बिक्रेताबाट उत्पादन खरीद गर्न सक्नेछन् । भिभो नेपालका ब्राण्ड मेनेजर पियुष गिरीले चार वर्ष अवधिमा ग्राहकहरूको विश्वास र मायाले सेवाविस्तार गर्न सहयोग पुगेको बताएका छन् ।
हाल विश्वमा भिभोका पाँचवटा उत्पादन केन्द्र छन् । ती चीनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २० करोड छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् । अहिले विश्वभर ४० करोड ग्राहकहरूले आफ्ना उत्पादन प्रयोग गरिरहेका भिभोको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप