शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला तथा किशोरीलाई भारत हुँदै इराक पुर्‍याइँदै

मङ्गलबार, २१ मङ्सिर २०७८, २२ : ४०
मङ्गलबार, २१ मङ्सिर २०७८

वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभनमा पारी महिला तथा किशोरीहरूलाई भारत हुँदै खाडी मुलुक पठाउने बिचौलियाहरूको सक्रियता बढ्दै  गएको छ । उनीहरूलाई जोखिमपूर्ण रूपमा भारत हुँदै इराक, ओमनजस्ता देशमा लैजाने गरेको कपिलवस्तुको कृष्णनगरा उद्धार गरिएकाहरुबाट खुलेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र आफन्त नेपाल नामक गैर सरकारी संस्थाले दुई दिनमा ७ जनालाई कृष्णनगर सीमाबाट उद्धार गरेको  छ ।  उनीहरूलाई इराक र ओमन  गैरकानुनी रूपमा लैजान लागेका अवस्था भेटाएको थियो । सोधपुछका क्रममा उनीहरुलाई अनेकौँ प्रलोभनमा पारी विभिन्न बिचौलियाहरूले भारत जाने र त्यहाँबाट जानको लागि छिटो हुने भ्रम पारी लैजान इराक र ओमन लैजान लागेको खुलेको  आफन्त नेपालकी परामर्शदाता अनिता कोइरालाले बताइन् । पीडित पक्ष मौन  हुँदा कयौँ घटनामा बिचौलियाहरूले उन्मुक्ति पाएको आफन्त नेपाल शाखाकी बोर्डर इन्चार्ज जेनिसर सुनारीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप