ad
x

एउटै खेलमा तीन रेडकार्ड, एथ्लेटिकोले पोर्टाेलाई हरायो

person explore access_timeमंसिर २२, २०७८ chat_bubble_outline0

तीन रेडकार्ड निस्किएको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति पोर्चुगल राजधानी पोर्टाेमा भएको खेलमा एफसी पोर्टाेलाई ३-१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो  ।


 खेल सुरु नहुँदै पोर्टाेका बेन्च गोलरक्षक अगुस्टिन मार्चेसिनले रातो कार्डको सामना गरे । खेलको ६७ मिनेटमा एथ्लेटिकोको यान्निक कारास्सोले रातो कार्डको सामना गर्दा पोर्टाेका विनडेलले ७० मिनेटमा रातो कार्ड पाए । 



निर्णायक खेलमा एथ्लेटिकोलाई जिताउँन एन्टोइन ग्रिजम्यान, एन्जेल कोरेया र रोड्रिको डे पाउलले १–१ गोल गरे । पोर्टाेका लागि सर्जियो ओलिभिराले इन्जरी समयमा सान्त्वना गोल गरे ।  पहिलो हाफ गोलरहित बरारबीमा सकिएको अवस्थामा दोस्रो हाफमा ग्रिजम्यानले ५६ मिनेटमा अग्रता दिलाए । ९० मिनेटमा एन्जेलले गोल गर्दा दोहोरो अग्रता बन्यो ।



इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै एथ्लेटिकोलाई ३–० को अग्रता दिलाए । इन्जुरी समयको अन्तिम मिनेटमा पोर्टाेका सर्जियोले गोल गरेपनि त्यो जितको लागि पर्याप्त रहेन । मंगलबार राति नै भएकाे समूह ‘बी’ को खेलमा लिभरपुलले एसि मिलानलाई २-१ अन्तरले पराजित गर्दै शतप्रतिशत जितलाई निरन्तरता दियो । जितसँगै ६ खेलबाट १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्‍याे भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नटआउट चरणमा स्थान बनायो । पराजित पोर्टाे ५ अंक र  ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X