शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हारका बाबजुद सिटी समूह विजेता

बुधबार, २२ मङ्सिर २०७८, ०७ : ४९
बुधबार, २२ मङ्सिर २०७८

अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । 

मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ अन्तरले हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।  यसअघि खेलको ८२ मिनेटमा केली वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो । 

समूह 'ए'कै अर्काे खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब ब्रगलाई ४-१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पराजित बाबजुत सिटी ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । ७ अंक बनाएको आरबी लाइप्जिग र ४ अंक बनाएको क्लब ब्रग समूह चरणबाटै बाहिर रहे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप