शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हालका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारी : डब्ल्यूएचओ

बुधबार, २२ मङ्सिर २०७८, १० : २३
बुधबार, २२ मङ्सिर २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।

 तर डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर अन्य भेरियन्टको तुलनामा कम हुनेछ भनेर कुनै संकेत नभएको बताएका छन् । डाक्टर रयानले समाचार एजेन्सी एएफपीलाई भने, ‘हामीसँग धेरै नै प्रभावकारी खोप छन् जुन गम्भीर रोग र अस्पतालमा भर्ना हुनुको मामिलामा हालसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी प्रमाणित भएको छ । ओमिक्रोनमाथि यसको असर कम छ भनेर सोच्नुको कारण कुनै पनि छैन ।’

उनका अनुसार सुरुवाती आँकडाबाट थाहा हुन्छ कि ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टको तुलनामा कम व्यक्तिलाई संक्रमित गरेको छ । उनका अनुसार यसले कम गम्भीर हुने दिशामा इशारा गर्छ । दक्षिण अफ्रिकी अनुसन्धानको हिस्सामा रहेका भाइरोलोजिस्ट प्राध्यापक एलेक्स सिंगलका अनुसार ओमिक्रोनको भ्याक्सिन एन्टीबडीबाट बच्ने क्षमता ‘अधुरो’ छ । उनले भनिन्, ‘१२ जनाको रगत परीक्षणको आधारमा गरिएको परिणाममा ओमिक्रोनको खतरा मेरो अपेक्षाभन्दा राम्रो थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप