कैलालीमा ट्रक आगजनी गरेको आरोपमा काठमाडौंबाट एक युवक पक्राउ
बुधबार, २२ मङ्सिर २०७८, १० : ४०
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको आरोप लागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । लम्की–१ घर भएका २२ वर्षीय विशाल बटलालाई सोमबार मैतीदेवीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
मंसिर ९ मा लम्कीचुहामा भाडाको ट्रकले ठक्कर दिँदा टिकापुर बस्ने गोमा थापाको घटनास्थलमै नै मृत्यु भएको थियो । त्यसबारे प्रदर्शन हुँदा विशालले सो ट्रकलाई पेट्रोल छर्केर आगजनी गरेको आरोप छ । आगजनीबाट ट्रकको सामान पनि जलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव