शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंसुर अली खान पटौदीसँग विवाहपछि शर्मिला टेगोरले फेरिन् धर्म, सासुको डरले हटाइन् बिकिनी लगाएको होर्डिङ

बुधबार, २२ मङ्सिर २०७८, १० : ५०
बुधबार, २२ मङ्सिर २०७८

बलिउड अभिनेत्री शर्मिला टेगोर आज ७७ वर्ष भइसकेकी छिन् । सत्यजीत रेको फिल्म ‘अपुर संसार’ बाट लोकप्रियता हासिल गर्ने शर्मिला आफ्नो फिल्मी करियरमा ‘आराधना’, ‘अमर प्रेम’, ‘सफर’, ‘कश्मीर की कली’, ‘मौसम’, ‘तलाश’, ‘वक्त’, ‘फरार’, ‘आमने–सामने’, ‘चुपके–चुपके’, ‘इभिनिङ इन पेरिस’ जस्ता थुप्रै उत्कृष्ट फिल्ममा अभिनय गरिन् । अभिनयबाहेक नायिका क्रिकेटर मंसुर अली पदौदीका कारण पनि निकै चर्चामा रहेकी थिइन् ।

सन् १९६५ मा भएको थियो भेटः

यी दुईको भेट सन् १९६५ मा दिल्लीमा एक साथीमार्फत् भएको थियो । एक फिल्मको सुटिङका लागि शर्मिला दिल्ली आएकी थिइन् र मंसुर पनि दिल्लीमा थिए । भेटेको केही दिनपछि मंसुरले शर्मिलालाई फ्रिज उपहारमा दिएका थिए जुन त्यतिबेला ठूलै कुरा थियो ।

यी दुईको भेट हुँदा दुबै आफ्नो करियरको शीर्ष स्थानमा थिए । मंसुर त्यतिबेला टिम इन्डियाका सबैभन्दा युवा कप्तान बनेको थिए र शर्मिला एकपछि अर्को हिट फिल्म दिइरहेका थिए । व्यस्त तालिका हुँदा पनि यी दुई एक–अर्कालाई लगातार भेटिरहन्थे ।

विवाहमा बाधाः

चार वर्षपछि एक–अर्कालाई डेट गरेपछि २७ डिसेम्बर सन् १९६९ मा यी दुईले विवाह गरे । यद्यपि, विवाह सहज थिएन । मंसुर मुस्लिम शाही परिवारका नवाब थिए र शर्मिला मध्यम वर्गीय बंगाली परिवारबाट आएकी अभिनेत्री थिइन् । पटौदी परिवार आफ्नो छोराको विवाह कुनै नायिकासँग होस् भन्ने चाहँदैनथ्यो । उता शर्मिलाको परिवारले पनि मानेको थिएन । कहिले रिसाउने, कहिले फकाउने गरेपछि यी दुईको विवाह सम्भव हुन सक्यो ।

शर्मिलाले फेरिन् धर्मः

विवाहपछि शर्मिलाले आफ्नो धर्म फेरिन् । उनी हिन्दुबाट मुस्लिम भइन् । शर्मिला टेगोरले नाम फेरेर आयशा सुल्ताना राखिन् । तर धेरैजसोले उनलाई अहिलेसम्म पनि उनको आफ्नै नामबाट चिन्छन् । विवाहका केही समयपछि परिवारका कारण उनी फिल्मबाट टाढा भइन् ।

सासुको डरले हटाउनु परेको थियो बिकिनीको होर्डिङः

शर्मिला टेगोर पहिलो बलिउड नायिका हुन् जसले फिल्मफेयर म्यागजिन कभरका लागि बिकिनी फोटोसुट गराएकी थिइन् । यो फोटोसुट उनले ‘एन इभिनिङ इन पेरिस’ फिल्मको रिलिजका लागि गराएकी थिइन् जसको प्रोमोशनका लागि उनले बिकिनी लगाएको भएको पोस्ट मुम्बईको ठूल्ठूला होर्डिङ बोर्ड राखिए ।

यतिबेला मंसुरकी आमा शर्मिलालाई भेट्न मुम्बई आउन लागेकी थिइन् । जब शर्मिलालाई यसबारे थाहा भयो तब उनलाई आफ्नो यस्तो पोस्टरबारे चिन्ता भयो । सासुले यस्तो फोटो देखेर रिसाएर सम्बन्ध नै तोडिदिने हो कि भन्ने चिन्ता शर्मिलालाई भयो । शर्मिलाले त्यसपछि तत्काल फिल्म निर्मातालाई मुम्बईका सबै पोस्ट हटाउन आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप