संस्थापन टीमबाट निधि ‘आउट’, बोलाएनन् देउवाले

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका विमलेन्द्र निधि संस्थापन टीमबाट औपचारिकरुपमै ‘आउट’ भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो पक्षको प्यानल तय गर्न बोलाएको बैठकमा उपासभापति विमलेन्द्र निधिलाई नबोलाएका हुन् ।
निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपनि यसअघि देउवाले आफ्नो पक्षको बैठकमा उनलाई बोलाउने गरेका थिए । आजको बैठकमा भने उनलाई निमन्त्रणा गरिएको छैन । ‘मलाई आजको बैठकमा बोलाइएको छैन । म घरमा नै बसिरहेको छु,’ निधिले रातोपाटीसँग भने ।
देउवाले पार्टीको महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन्। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।
कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्बन !
-
राष्ट्रियसभा उपननिर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने
-
सिरिया : 'विनाश पछि महामारीको जोखिम’
-
डिल्लीबजार कारागारमै रेशम चौधरीको निगरानीमा सांसद !
-
उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र
-
नेप्सेको उत्साह एकदिन पनि टिकेन, दोस्रो दिननै ७ अंकको गिरावट