शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमकी पूर्व प्रबन्ध निर्देशक भण्डारीको रिट खारेज

बुधबार, २२ मङ्सिर २०७८, ११ : २१
बुधबार, २२ मङ्सिर २०७८

कामिनीराज भण्डारीले सर्वोच्च अदालतमा दर्ता गरेको तीन वटै रिट खारेज भएको छ । उनले वि.स. २०७५ सालमा दर्ता गरेको मुद्धा सर्वोच्चले हिजो मंगलबार खारेज गरिदिएको हो ।

तीन वर्षका लागि टेलिकमकी प्रबन्धकमा नियुक्त भएकी कामिनीलाई तत्कालिन केपी शर्मा ओली सरकारले समयावधि अगाडि नै हटाएको थियो । उनले सरकारको सोही निर्णविरुद्ध सर्वोच्चमा तीन वटा मुद्धा दायर गरेकी थिइन् ।

उनले २०७५ साल कात्तिक १ गते र माघ १ मा मुद्धा दर्ता गराएको बताईन् । तर, सर्वोच्चले सुनुवाई नगरेको उनको गुनासो छ । भनिन्, ‘राम्रो कार्यसम्पादन गर्दा गर्दै आफुलाई हटाएको भनेर र कानूनी व्यवस्था नै परिवर्तन गरेको भनेर र समयावधि बाँकी हुँदा हुँदै पदबाट हटाइएको भनेर मुद्दा दर्ता गरेको थिए ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप