शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, २२ मङ्सिर २०७८, ११ : ४०
बुधबार, २२ मङ्सिर २०७८

गएराति पाल्पामा दुई बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–५ बेझाङ्गस्थित एक ग्यारेजमा ट्याक्टरको ट्रलीले च्यापेर एक जनाको र जिल्लाकै निस्दी गाउँपालिका–७  पार्सिङ्गचोकमा टिपरले किचेर अर्को एक जनाको मृत्यु भएको हो ।

बेझाङ्ग स्थित विभिद सप्लायर्स (ग्यारेज) मा साँझ सवा ६ बजे लु३त ८०५४ नम्बरको ट्याक्टर मर्मत गर्ने क्रममा अचानक ढल्ला खसेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, बसनियाटोलका अन्दाजी १८÷१९ वर्षीय युवक मुन्ना चौधरीको मृत्यु भएको हो ।

पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार उनी १५÷१६ दिन अघिमात्र त्यस ग्यारेजमा मिस्त्री काम सिक्न आएका थिए ।

त्यस्तै निस्दी गाउँपालिका–७ पार्सिङ्ग चोकमा आफ्नै टिपरले किचेर नवलपरासीको सुनुवल नगरपालिका–३ का अन्दाजी ४५ वर्षीय तुफानी कुँवर योगीको मृत्यु भएको प्रहरीले जनाएको छ । पचभैयाका अनुसार उनको उपचार गर्न रामपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

उक्त चोकमा रहेको होटलमा खान खानका लागि ग२ख ३६१ नम्बरको लोड टिपर पार्किङ्ग गरी राखिएको र सर्दिबाट भुटुकेतर्फ आउँदै गरेको प २०–३००१ ख ४६६९ नम्बरको खाली टिपर सोही स्थानमा ब्याक गर्ने क्रममा चालक ओर्लिएर पछाडि हेर्न गएको बेला एक्कासी आफ्नै टिपर ब्याक भई दुवै टिपरको बीचमा टाउको च्यापिन गई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप