शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘टीभीएस राइडर सप्तरंग–३’ सातै प्रदेशमा

बुधबार, २२ मङ्सिर २०७८, १२ : १४
बुधबार, २२ मङ्सिर २०७८

सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ आयोजना गरिने भएको छ । गृष्मा ब्रोडकास्टिङले कार्यक्रम आयोजना गर्न लागेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ । 

मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरू हुने कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती लगायत कलाकारहरू सहभागी हुनेछन् ।

दोश्रो संस्करण प्रायोजन गरेको टीभीएसले तेस्रो संस्करणमा पनि निरन्तरता दिएको हो । टीभीएस यो पटक पनि मुख्य प्रायोजक बनेको छ । यो पटक टीभीएसले आफ्नो नयाँ बाइक ‘टीभीएस राइडर’ साथ लिएर प्रचार गर्ने जनाएको छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप