मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिटौला फकाउन निवासमै पुगे रामचन्द्र

बुधबार, २२ मङ्सिर २०७८, १२ : १७
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगेका हुन् ।

स्रोतका अनुसार आजको भेटमा पौडेलले सिटौलालाई आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने प्रस्ताव अघि सारेका थिए । जवाफमा सिटौलाले यस विषयमा निर्णय लिन आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका थिए । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । 

छलफलपछि नेता पौडेल आफ्नो निवास फर्किएका छन् । यता, साझा उम्मेदवार छान्नका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको बैठकमा सभापतिका दाबेदारहरू नै नआएपछि अलपत्र बनेको छ । पौडेल केही बेर बैठकमा बसेर बाहिरिएका थिए । बैठकपछि उनी सिधै सिटौलालाई भेट्न उनकै निवासमा पुगेका थिए । यसअघि सिटौलालाई खासै महत्त्व नदिएका पौडेल उनकै निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । उता, सिटौलाले जिल्लादेखि प्रदेश अधिवेशनमा पार्टीका सभापति शेरबहादुर देउवासँग ‘एलायन्स’ गरेका थिए । केन्द्रमा पनि सिटौला र देउवाबीच नै एलायन्स बन्न सक्ने चर्चा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप