नाडाको ४५ औ साधारणसभा सुरु, नेतृत्वका लागि भोलि निर्वाचन हुने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभा राजधानीमा शुरु भएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा सभाको उद्घाटन गरेका हुन् ।
नाडाको नयाँ नेतृत्व समेत छनोट गर्ने यस सभाको उद्घाटनको सत्र आज रहेको छ भने सभाले संघको भावी नेतृत्वका लागि भोलि अर्थात् मंसिर २३ गते निर्वाचन गर्नेछ । यसपटक नाडामा व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि प्रत्यक्ष निर्वाचनमार्फत सभाले नाडाको कार्य समितिको टुंगो लगाउनेछ ।
अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् भने चौधरी र थापा दुई समूह (प्यानल) मा रहेर अन्य ३४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
चौधरीको प्यानलबाट अटो व्यवसायी राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारीले सदस्यमा उम्मेदवारी दिएका छन् भने थापा प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपककुमार अग्रवाल, कपिल सिवाकोटी, शुभाषिश थपलिया, प्रदीपमान प्रधान, दिपककुमार खेतान, यमुना श्रेष्ठ, अमरज्योती र रञ्जित, भवनाथ पाठक (वि.एन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल, प्रकाश सिग्देल र सगुनवीर कंसाकारले उम्मेदवारी दिएका छन् ।
निर्वाचन भोलि मंसिर २३ गते, बिहीबार बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म चल्ने छ । निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारीहरु तोक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा