शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपाको बैठकमा कमल थापाको कुर्सी खाली !

बुधबार, २२ मङ्सिर २०७८, १४ : ३९
बुधबार, २२ मङ्सिर २०७८

राप्रपाको बुधबार बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापा अनुपस्थित भएका हुन् । उनी बैठकमा अनुपस्थित रहेपनि उनका लागि कुर्सी छुट्याइएको थियो । थापा अनुपस्थित भएकै कारण नेताहरु बस्ने रोमा उनको कुर्सी खाली रहेको तस्बिर सार्वजनिक भएको छ ।

थापाका लागि अध्यक्ष राजेन्द्र लिङदेनसँगै कुर्सीको व्यवस्था गरेको तस्बिरमा देखिन्छ । तर निवर्तमान अध्यक्षद्धय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने अध्यक्ष लिङ्देनको दायाँतर्फ बसेका देखिन्छन् । थापाका लागि भने लिङदेनको बायाँतर्फ कुर्सी राखिएपनि खाली रहेको देखिन्छ । कुर्सीलाई खाली नै राखेर उपाध्यक्ष बुद्धिमान तामाङ बायाँतर्फ बसेका छन् । थापाले महाधिवेशनमा नेतृत्व चयनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको भन्दै त्यसबारे छानबिनको माग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप