शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेनदेन विवादमा भक्तपुरमा साथीको हत्या

२ जना पक्राउ
बुधबार, २२ मङ्सिर २०७८, १५ : ०१
बुधबार, २२ मङ्सिर २०७८

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला नजिकै युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटार घर भएका ३३ वर्षीय राज श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोकबहादुर जिसीले रातोपाटीलाई बताए ।

गएराती ९ बजेर ५२ मिनेटमा बालकोट बंगलामुखीबाट हनुमन्ते खोलातर्फको फलामे पुल नजिकै श्रेष्ठ गम्भिर घाइते अवस्थामा भेटिएका थिए । मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम विक छन् ।

हेमन्त श्रेष्ठले राजनसँग पैसा सापटी लिएका थिए । सो पैसा माग्न थालेपछि अर्को एकजना युवकलाई प्रयोग गरेर राती हनुमन्ते खोला किनारमा बोलाएर पछाडिबाट चिपर्टले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका दुईजनालाई महानगरीय प्रहरी वृत्त ठिमीले अनुसन्धान गरिरहेको छ । मृतक युवा संघ भक्तपुर जिल्ला समिति सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप