
कृष्णपुर नगरपालिकामा अति विपन्न २२१ जनालाई रोजगार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अति विपन्न २२१ जनाले रोजगार पाउने भएका छन् । फारम भरेका ९१२ मध्ये नगरपालिकाको रोजगार सेवा केन्द्रमा २२१ जना छनौट गरी वडामा पठाइएको रोजगार संयोजक रमेश भट्टले रातोपाटीलाई जानकारी दिए ।
उनले छनौटमा परेकाको लिष्ट पठाएर प्राथमिक योजनाको स्टेटमेन्ट तयार गरी काममा लगाउने बताए । प्राथमिकिकरण योजना अन्तर्गत सडक, यातायात, खानेपानी, वन तथा वातावरण, पर्यटकीय क्षेत्रमा जाने रोड, सामुदायिक वनको लागत साझेदारी अनुसार वनमा भेसवायर जाली, पोखरी निर्माणजस्ता काम हुने उनले बताए ।
‘लिष्ट तयार गरेर योजना भन्छौं, सोही आधारमा छनौटमा परेकाले काम गर्नुपर्ने हुन्छ,’ उनले भने । चालु आर्थिक वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नगरपालिकामा १ करोड २७ लाख रकम पठाएको उनले बताए । १०० प्रतिशत बजेट ज्यालामा भुक्तानी हुने उनको भनाइ छ ।
गत आर्थिक वर्षमा झण्डै २ करोड बजेट आए पनि कोरोनाका कारण काम नहुँदा ४० प्रतिशत बजेटमात्र खर्च गरिएको उनको भनाइ छ । गत वर्ष २८५ जना छनौटमा परेका थिए । छनौटमा परेका व्यक्तिले एक सय दिनसम्म वडामा हुने सडक, नाली निर्माणमा काम गर्नुपर्ने र सो बापत एक जनालाई दैनिक ज्याला ५७७ रुपैयाँ दिइने रोजगार सेवा केन्द्रका सवईन्जिनियर दिपा पन्तले बताइन् ।
छनौटमा परेका व्यक्तिमध्ये कोही अनुपस्थित भए फारम भरेका मध्येबाट २२२ देखि गणना गरी रिक्त स्थानमा पुनः छनौट गरिने उनले बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ