शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

बुधबार, २२ मङ्सिर २०७८, १५ : ३०
बुधबार, २२ मङ्सिर २०७८

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । 

हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।

अल इन्डिया रेडियोका अनुसार रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे संसद्लाई जानकारी दिनेछन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप