शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–युरोपियन शहरबीच सिधा हवाई उडान आवश्यक छ : राजदूत गिल्स

बुधबार, २२ मङ्सिर २०७८, १६ : २४
बुधबार, २२ मङ्सिर २०७८

नेपाल र युरोपियन शहरबीच सिधा हवाई उडानको आवश्यकता रहेको नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीसँग नेपालको पर्यटन व्यवसाय र युरोपियन बजारको चर्चा गर्दै युरोपियन पर्यटकहरु तान्न पनि नेपाल–युरोपियन शहरहरूबीच सिधा हवाई उडानको आवश्यक रहेको बताएका हुन् । 

उक्त भेटका क्रममा राजदूत गिल्सले फ्रान्स र नेपाल दुवै देशको पर्यटन प्रबर्द्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरूको आदान प्रदान समेत गर्नुपर्ने बताए । फ्रान्सेली पर्यटकहरुले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने गरेको उनले बताए । 

बोर्डका कार्यकारी प्रमुख (सिइओ)डा. धनञ्जय रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहेको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको बताए । 
उनले साहसिक पर्यटनमा रुचि राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको समेत बताए । 

यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट आउटबण्ड पर्यटनमा भारत, भुटान, थाइल्याण्डका गन्तव्यमा कार्य गर्ने  पर्यटन व्यवसायीहरुलाई नेपालसम्म लिंक गर्नुपर्नेमा जोड दिइन् । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दैत्य सम्बन्ध रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप