शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २२ मङ्सिर २०७८, १७ : १८
बुधबार, २२ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १६९ जनामा गरिएको नमूना परिक्षणमा २० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १० महिला र १० पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १३, बागलुङ ३, पर्वत २ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ८० पुगेको छ । 

गण्डकीमा कारोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ की ७७ बर्षिय महिला रहेकी छिन । उनमा कोरोना संक्रमण देखिएपछि उपचारका क्रममा संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।योसंगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२२ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौविस घण्टामा १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ४५९ पुगेको छ भने होम आइसोलेसनमा १७६ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १९९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप