शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट लागू औषधसहित ६ जना पक्राउ

बुधबार, २२ मङ्सिर २०७८, २१ : ०७
बुधबार, २२ मङ्सिर २०७८

पोखराबाट अवैध लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–५ माले पाटनबाट तीन, सृजना चोकबाट दुई र पृथ्बी चोकबाट १ जना रहेका छन । लागूऔषधसहित गोरखा पालुङ्टार–८ धुँवाकोट घर भएका रोशन काराखेती, आरुघाट–५ घर भएका बुद्ध कार्की र खोटाङ जन्तेढुंगा –५ घर भएका मिलन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरुको साथबाट डाईजापाम –९, फेनेरागन–९ र आइबुनर्फिन–९ एम्पुल लागू औषधसहित पक्राउ गरिएको उनले बताए । यस्तै, पोखराको सृजना चोक बस्ने विश्व गिरी र छिने डाँडा बस्ने सुनील परियार समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट डाईजापाम –३१, आइबुनर्फिन–३१ र फेनेरागन ३१ एम्पुल वरामद गरेको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक घर भइ पोखरा पृथ्वीचोक बस्ने सुवास रानामगरको साथबाट डाईजापाम–१५,आइबुनर्फिन– १५ र फेनेरागन– १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध लागूऔषधसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी तिवारीले बताए ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनबाट गोरखा पालुङ्टार नगरपालिका ८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती, गोरखा आरुघाट गाउँपालिका वडा नं ५ स्थायी भएका बुद्ध कार्की, खोटाङ जन्तेढुंगा गाउँपालिका ५ स्थायी घर भएका मिलन राई, कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं. ४ लाहाचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोक बस्ने वर्ष ३१ को सुवास राना मगर र पोखरा महानगरपालिका वडा नं सृजनाचोक बस्ने विश्व गिरी रहेका छन् ।

उनीहरुको साथबाट डाईजापाम–६ एम्पुल, नुर्फिन–६ एम्पुल र फेनरागन–६ एम्पुल गरी जम्मा १८ एम्पुल र ईजापाम–१५एम्पुल,नुर्फिन–१५एम्पुल, फेनारगन–१५ एम्पुलगरी जम्मा ४५ एम्पुल बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप