इतिहासमा आज : राजकुमारी डायना–चार्ल्सले गरे सम्बन्धविच्छेदको घोषणा, विवाह जति चर्चित, डिभोर्स त्योभन्दा बढी

इतिहासको सबैभन्दा चर्चित शाही जोडीमध्ये एक बेलायतको शाही परिवारका राजकुमार चार्ल्स र राजकुमारी डायनाको सम्बन्धविच्छेदको घोषणा आजकै दिन सन् १९९२ मा भएको थियो । यो शाही जोडी अलग्गिने घोषणा तत्कालीन बेलायती प्रधानमन्त्री जोन मेजरले गरेका थिए । यद्यपि, सम्बन्धविच्छेद घोषणा गरेको करिब चार वर्षपछि सन् १९९६ को २८ अगस्टमा चार्ल्स–डायनाको औपचारिक रुपमा सम्बन्धविच्छेद भएको थियो ।
चार्ल्स र डायनाको सम्बन्धविच्छेदजस्तै उनीहरुको इन्गेजमेन्ट र विवाह पनि संसारभरी चर्चामा रह्यो । राजकुमारी डायना र राजकुमार चार्ल्सको इन्गेजमेन्ट २४ फेब्रुअरी सन् १९८१ मा भएको थियो । इन्गेजमेन्टमा डायनाले असाध्यै महँगो औंठी लगाएकी थिइन् । त्यसको मूल्य त्यतिबेला ३० हजार पाउन्ड (४७ लाख रुपैयाँ) थियो जसमा एउटा निलम र १४ हिरा थिए ।
उक्त शानदार इन्जेगमेन्टपछि चार्ल्स र डायनाको विवाह २९ जुलाई सन् १९८१ मा भयो । उनीहरुको विवाहको पहिरन डेविड र एलिजाबेथ इम्यानुएलले डिजाइन गरेका थिए । डायनाको विवाहको ड्रेसमा २४ फिटको घुम्टो थियो जसलाई हात्तिको दाँतले बनेको टाफेटा र उत्कृष्ट लेसले सजाइएको थियो । विवाह गर्दा डायना २० वर्ष थिइन् ।
राजकुमार चार्ल्स र डायनाको विवाहको चर्चा संसारभरी थियो । यो शाही विवाहलाई टिभीमा संसारभरीबाट १ अर्बभन्दा बढीले हेरेका थिए । उनीहरुको विवाह हेर्नका लागि ब्रिटेनमा क्याथेड्रलदेखि बर्मिंघम प्यालेस अगाडि ६ लाख व्यक्तिको उपस्थिति थियो । विवाहको एक वर्ष भित्र २१ जून सन् १९८२ मा प्रिन्स चार्ल्सको पहिलो सन्तान प्रिन्स विलियम्सको जन्म भएको थियो । १५ सेप्टेम्बर सन् १९८४ मा प्रिन्स चार्ल्सको दोस्रो छोराको जन्म भएको थियो । प्रिन्स विलियम्सका यी कान्छा छोराको नाम हेनरी राखियो । यद्यपि, पछि उनलाई प्रिन्स ह्यारीको नामले चिनिन थालियो ।
यो शाही जोडीको विवाह केही वर्षमा नै खराब हुन थाल्यो । सम्बन्धविच्छेदको एक वर्षपछि ३१ अगस्ट सन् १९९७ मा एक सडक दुर्घटनामा डायनाको मृत्यु भयो , जबकी अप्रिल सन् २००५ मा प्रिन्स चार्ल्सले क्यामिला पार्करसँग विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक
-
लाओस्बीविरुद्ध नेपाललाई पहिलो हाफमा १-० गोलको अग्रता
-
चरेससहित भारतबाट दुई नेपाली पक्राउ
-
थ्री नेसन्स प्रधानमन्त्री कप : लाओस्बीविरुद्ध नेपालको अग्रता
-
सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ
-
होटल पौवाले पोखरमा खोलेको ११औं शाखाले सुरु गर्यो सेवा