बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रावतको शुक्रवार अन्त्येष्टि गरिने

बिहीबार, २३ मङ्सिर २०७८, १० : २५
बिहीबार, २३ मङ्सिर २०७८

बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानकारी दिएको हो । उनको शव आज बिहीबार दिल्ली ल्याइँदैछ । 

रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए। रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप