बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मेथीको पात मधुमेहका रोगीका लागि रामवाण

बिहीबार, २३ मङ्सिर २०७८, १० : ३५
बिहीबार, २३ मङ्सिर २०७८

चिसो मौसममा हरिया सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा मेथीको साग  सबैभन्दा फाइदाजनक हुन्छ । यसको साग प्रायः सबै घरमा पाक्ने गर्छ । तर, कम मात्रलाई थाहा होला, यो सागको सेवनले मधुमेहका रोगीलाई धेरै फाइदा गर्छ । 

मधुमेह 
मेथीको पातले मधुमेहको टाइप १ र टाइप २ लाई धेरै फाइदा गर्छ । मेथीले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । जुन मधुमेह रोगीका लागि धेरै आवश्यक छ । यसमा हुने फाइबरले पाचन प्रक्रियालाई सबल बनाएर शरीरबाट चिनीको मात्रा कम गराउँछ । त्यसैले मधुमेह रोगीका लागि मेथीको साथ खान आवश्यक छ । 

कोलेस्ट्रोल कम गर्न
मेथीको पातले कोलेस्ट्रोललाई जम्मा हुन दिँदैन । र कलेजोमा कोलेस्ट्रोल बन्न रोक्छ । यो मधुमेहका रोगीका साथसाथै एथेरोस्क्लेरोसिसका रोगीहरुका लागि धेरै फाइदाजनक हुन्छ । केही अध्ययनका अनुसार मेथीले शरीरमा राम्रो कालेस्ट्रोललाई बढाउँछ र नराम्रो कोलेस्ट्रोल कम गर्ने काम गर्छ । 

पाचन प्रक्रिया 
मेथीका पातमा फाइबर हुन्छ । जसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ । यसले मानिसहरुको पेटमा समस्या पैदा गर्छ । त्यसैले खानामा मेथीको साथ समावेश गर्न आवश्यक छ ।

पुरुषको टेस्टोस्टेरोन बढाउँछ 
मेथीले पुरुषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन बढाउँछ । मेथीमा फुरोस्टेनोलिक स्यापोनिन हुन्छ । यसले टेस्टोस्टेरोन बढाउँछ । यसले यौन इच्छा पनि बढाउँछ । 

मुटु रोगीका लागि 
मेथीको दाना वा पात दुवैको नियमित सेवनले मुटु रोगीका लागि फाइदा गर्छ । मेथीले कोलेस्ट्रोल कम गराउने भएकाले मुटुसम्बन्धी समस्या पनि कम गराउँछ । मेथीको पातले बुटीको जस्तै काम गर्छ जसले हृदयघात र स्ट्रोकको खतरा बढाउने रगत जम्ने समस्यालाई कम गर्छ । हरेक दिन मेथीको साग खाँदा मुटुसँग जोडिएका समस्याहरु कम हुन्छ । 

तौल घटाउन मद्दत गर्छ 
यदि तौल घटाउने कोसिस गरिरहनुभएको छ भने मेथीभन्दा सही उपाय अरु हुँदैन । एक कप मेथीको पातमा सिर्फ १३ प्रतिशत क्यालोरी हुन्छ । यसको सेवनले पेट भरिएको अनुभव हुन्छ र छिटो छिटो भोक लाग्दैन । यसकारण थप क्यालोरी खानबाट बचिन्छ । जसले तौल घटाउन मद्दत गर्छ । 

यसका साथै, मेथीको नियमित सेवनले शरीरमा इन्फ्लामेशनको स्तर कम गर्छ । यसले पुराना खोकी, ब्रोन्काइटिस, एक्जिमासहित छालासम्बन्धी समस्याहरुसँग लड्न मद्दत गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप