बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज सुनचाँदीको मूल्य स्थिर

बिहीबार, २३ मङ्सिर २०७८, ११ : १५
बिहीबार, २३ मङ्सिर २०७८

आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

स्थिर मूल्य कायम भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ । हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासंघले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप