शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिडिया अवार्ड २५ विधामा बाँडिने

बिहीबार, २३ मङ्सिर २०७८, ११ : ४०
बिहीबार, २३ मङ्सिर २०७८

‘नेपाल मिडिया अवार्ड २०७८’ आगामी २४ पुसमा आयोजना हुँदैछ । २५ विधामा वितरण हुने अवार्ड विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । गत वर्ष १० औं नेफ्टा फिल्म अवार्ड आयोजनामा सहकार्य गरेको ड्रिम हाई नेपाल प्रालिले यो अवार्ड गर्न लागेको हो ।

टेलिभिजन, छापा, मिडिया, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एकवर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर कार्यक्रममा अवार्ड र सम्मान प्रधान गरिनेछ ।

मिडियामा राम्रो काम गरिरहेकोलाई थप उर्जा र हौसला प्रदान अवार्डले गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताए । अवार्डका लागि मुख्य प्रायोजनको रुपमा एलआईसि.नेपाल (लाइफ इन्स्योरेन्स करर्पोरेसन लि.)ले सहकार्य गरेको छ । मिडिया अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको एलआईसि नेपालका प्रमुख लक्ष्मी प्रसाद दासले बताए । नेपाल पत्रकार महासंघको सहकार्य समेत रहेको अवार्ड निष्पक्ष र प्रतिष्ठित बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप