बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा सहभागी नहुने

बिहीबार, २३ मङ्सिर २०७८, १३ : ०२
बिहीबार, २३ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयका रामशरण बजगाईंले जानकारी दिए ।

उनका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् । प्रेस चौतारीले ओलीको उपस्थितिमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो । तर ओली अस्वस्थ भएपछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप