शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेफर ईन्टरनेशनलद्वारा ४३ जिल्लाका तीन लाख विपन्न परिवारलाई सहयोग

बिहीबार, २३ मङ्सिर २०७८, १३ : १७
बिहीबार, २३ मङ्सिर २०७८

हेफर ईन्टरनेशनल नेपालले ४३ जिल्लाका तीन लाखभन्दा बढी गरिब तथा विपन्न परिवारलाई सहयोग पुर्याएको छ । हेफरले एक सयभन्दा बढी स्थानीय नेपाली गैर सरकारी संस्थासँगको सहकार्यमा तीन लाख नेपालीलाई सहयोग पुर्याएको हो ।

हेफर साना किसानको दिगो विकासमा अग्रणी भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचालित छ । हेफरले स्ट्रन्थिङ स्मलहोल्डर्स इन लाईभस्टक भ्यालू चेन’ कार्यक्रम अन्तर्गत सन २०१८–२१ मा मूल्य सृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रबद्र्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य लिएको छ ।

यस कार्यक्रमले १६० संकलन केन्द्र तथा ५२३ शाखा  संकलन केन्द्रहरू स्थापना गरेर दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएका छन् । बजारीकरणको  क्रममा नियमित ढुवानी सेवाको उपलब्धता प्रमुख समस्या को रूपमा देखा परेको छ । यस समस्याको समाधानका लागि सहकारी तथा हेफर ईन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गरिएको छ ।

साथै, यस कार्यक्रममा स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि आर्थिक स्रोत परिचालन भएको छ । यस कार्यक्रम अन्तर्गत हेफर ईन्टरनेशनल नेपालले पहिलो चरणमा २८ वटा र हाल ४७ वटागरि जम्मा ७५  वटा कृषि सहकारीलाई कृषि ढुवानी को साधन प्रदान गरेको छ । यसरी खरिद गरिएका कृषि ढुवानी को साधनको जम्मा मुल्य २२ देखि २४ लाखको  ५०५ रकम सहकारीले लगानी गरेको छ भने बाँकी ५०५ रकम हेफरले सहयोग गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप