बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जय नेपाल ! महाधिवेशनको पूर्वसन्ध्या यस्तो देखियो सानेपामा (तस्बिरहरू)

बिहीबार, २३ मङ्सिर २०७८, १३ : ४१
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेस १४ औं महाधिवेशनको पूर्वसन्ध्या बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु पार्टी मुख्यालय सानेपा पुगेका छन् । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना हुँदैछ ।

काँग्रेसका एक पदाधिकारीका अनुसार बिहीबारको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको ती नेताको भनाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन् । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप