बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सीताराम विवाहपञ्चमी महोत्सव विधिवत् रुपमा सम्पन्न

बिहीबार, २३ मङ्सिर २०७८, १४ : ४४
बिहीबार, २३ मङ्सिर २०७८

साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा आजबाट सम्पन्न भएको छ । रामकलेवा अर्थात् मौहक विधि पूरा गरेसँगै महोत्सव सम्पन्न भएको हो ।

रामकलेवाका क्रममा बेहुलालाई खीर खुवाउने चलन छ । परम्पराअनुसार जानकी मन्दिर प्राङ्गणमा बनाइएको मडवामा बसेर श्रीराम, लक्ष्मण, भरत र शत्रुघनका प्रतिकले खीर ग्रहण गर्ने गर्छन् । राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खीर खुवाइएको छ । यससँगै विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

मौहक विधि चलिरहेकै समयमा नारीहरुले गीतनादकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्याबाट आएका जन्तीलाई जिस्क्याउने गर्छछन् । मिथिलाञ्चलमा रामकलेवाका लागि बनाइएको खीर बेहुलाले सहजै खाँदैनन् । रामले खीर खान नमानेपछि मिथिला नारीहरु कटाक्ष गर्दै गीत गाउँछन् ।

राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका मानमहन्त रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोसेली दिएपछि खीर खाएका थिए । रघुवर चारै भाइका साथै अयोध्याबाट आएका साधुसन्तसहितका जन्तीलाई समेत आदरका साथ भोजन गराइएको थियो ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छटौँ दिन स्वयम्बर सहित शुभविवाह र साताँै दिन रामकलेवा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप