बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा

बिहीबार, २३ मङ्सिर २०७८, १४ : ५१
बिहीबार, २३ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । मंसिर २५ र २६ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि आवश्यक तयारी तीव्र बनाइएको सो पार्टीले जनाएको छ ।

विभिन्न विभागीय समिति बनाएर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने योजना बनाइएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

७ वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौंबाट उद्घाटन गर्ने उनले बताए ।

उनले प्रतिनिधिको सूची निर्वाचन समितिलाई दिएको र समितिले टुङ्गो लगाएपछि शुक्रबार मात्र फाइनल हुने बताए । करिब एक हजार एक सयको हाराहारीमा प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहईन्चार्ज एवं प्रचारप्रसार विभाग प्रमुख विना मगरले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप