बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमजीले ल्यायो एसयूभी हेक्टर, मूल्य ५९ लाख ९९ हजार रुपैयाँ मात्रै

बिहीबार, २३ मङ्सिर २०७८, १५ : २५
बिहीबार, २३ मङ्सिर २०७८

एमजी ब्रान्डले नेपाली बजारमा नयाँ एसयुभी ‘एमजी हेक्टर’ ल्याएको छ । एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीबार एक कार्यक्रमका बीच द अल न्यु हेक्टर सार्वजनिक गरेको हो । 
तीन भेरियन्टमा उपलब्ध हेक्टरको न्यूनतम मूल्य ५९ लाख ९९ हजार रूपैयाँमै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध हेक्टरको टप भेरियन्टको सार्प एटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ रहेको छ भने, ‘अन्य साइन एटी, स्पार्ट एमटी, स्मार्ट एटी र सार्व एमटीको मूल्य क्रमशः ६४ लाख ९९ हजार, ७६ लाख ९९ हजार, ७० लाख ६० हजार र ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।’ 

१४ सय ५२ सीसीको हेक्टर २ वटा अप्सनमा उपलब्ध हुनेछ । १.५ लिटर टर्बाेचाज्ड  पेट्रोल र  हाईबिड इन्जिनमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ ।  गाडीको अधिकतम पावर ५ हजार आरपीएममा १४३ पिएस र २५० एनएम टर्क जेनेरेट गर्छ। अगाडि  पछाडि डिस ब्रेक रहेको गाडीमा ६० लिटर फिउल ट्याङ्क रहेको छ । 

गाडीको लम्बाई ४६ सय ५५ एमएम, चौडाई १८ सय ३५, उचाई १७ सय ६० रहेको छ । हेक्टर २०२१ मोडलमा २६.४ सिएमको एचडी  टचस्किन सिस्टम रहेको छ ।  हेक्टरको सेफ्टी फिचर्समा ३६० क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एयर ब्याग, इएसपी, टीसीएस, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रिक ब्रेक, रिभर्स क्यामेरा लगाएत रहेको छ । 

हेकटर ८ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  पारामाउन्ट मोटर्सले २०१८ देखि एमजीको बिक्रीवितरण सुरु गरेकोमा हाल देशका मुख्य सहरमा उपस्थित रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप