शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

बिहीबार, २३ मङ्सिर २०७८, १५ : ४२
बिहीबार, २३ मङ्सिर २०७८

सरकारले ट्रेजरी बिलमार्फत सोझै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सरकारले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बोलकबोलमार्फत खरिद गर्न चाहेको जानकारी दिएको हो । 

मंसिर २३ गते जारी भएको उक्त ट्रेजरी बिल आगामी २०७९ असार मसान्तसम्म भुक्तानी हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेवसाइटमा राखिएको पोर्टमार्फत सिधै बिल खरिद माग गर्न सक्नेछन् ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक दर (वेइएलड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टरपार्टीलाई प्रतिफल दर भएका बोलपत्रहरुको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुप (प्रो रेटा बेसिस्) मा बाँडफाँड गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप