शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या

बिहीबार, २३ मङ्सिर २०७८, १६ : ०२
बिहीबार, २३ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।

अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् । त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको माओवादीले जनाएको छ । त्यस्तै बैठकले महिला विभाग थपेर तत्काललाई पम्फा भुसालले उक्त विभागको नेतृत्व गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप