बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

बिहीबार, २३ मङ्सिर २०७८, १६ : ११
बिहीबार, २३ मङ्सिर २०७८

दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही(१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका–४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका–३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् । ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामद भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप