शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण

बिहीबार, २३ मङ्सिर २०७८, १७ : ३४
बिहीबार, २३ मङ्सिर २०७८

पछिल्लो २४ घण्टामा प्रदेश नं १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ । सुनसरीमा पाँच, मोरङमा तीन, झापामा दुई र प्रदेश बाहिर एक गरी कूल ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ३४६ को पीसीआर र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएको हो । प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप