शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ नेतृत्वले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी

बिहीबार, २३ मङ्सिर २०७८, १७ : ४०
बिहीबार, २३ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको नेतृत्वसहितको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् । नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह गरे । पार्टीका अर्का नेता पशुपतिशम्शेर जवराले केही महिनामा स्थानीय तहको निर्वाचन आइरहेकाले चुनावमा सफलता प्राप्त हुनेगरी देशभर सङ्गठन विस्तार तथा सुदृढीकरण गर्न निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप