शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इच्छाराज प्रकरणमा मुछिएका अन्य आरोपितहरूलाई पनि तत्काल पक्राउ गर्न माग (फोटोहरू)

बिहीबार, २३ मङ्सिर २०७८, १७ : ५५
बिहीबार, २३ मङ्सिर २०७८

सिभिल् सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ, इच्छाराज तामाङ ठगी प्रकरणमा पक्राउ परेका सबै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पीडित सङ्घर्ष समितिले सरकारसँग माग गरेका छन् । बिहीबार चेतावनी स्वरूप आन्दोलन चर्काउँदै पीडित सङ्घर्ष समितिले पक्राउ परेका जो कोहीलाई उन्मुक्ति नदिन आग्रह गरेको हो । 

सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति अनुसार सिभिल सेभिङ्स एण्ड कोअपरेटिभ सहकारीको नाममा इच्छाराज तामाङ र उनको समूहबाट १५ सय भन्दा बढी बचतकर्ताहरूको ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगिएको र आरोपितहरू बहाना बनाएर भाग्न खोजेको बताएका छन् । 

यस्ता ठगी आरोपमा पक्राउ परेका कोहीलाई पनि उन्मुक्ति नदिन र ठगी तथा सङ्गठित आर्थिक अपराधमा संलग्न अन्य फरार अभियुक्तहरू सिर्जना शाक्य तामाङ, प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ तथा अन्यलाई तत्काल पक्राउ पुर्जी जारी गर्न र बचत रकम फिर्ता गर्न सरकारसँग माग गरेका छन् । १५ सय भन्दा बढी बचतकर्ताहरूमा अधिकांश बचतकर्ता ६० वर्ष भन्दा माथिको ज्येष्ठ नागरिक रहेको समेत पीडित सङ्घर्ष समितिले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप