मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ गगन थापाको काँग्रेस पुनर्जागरण र रुपान्तरणको प्रस्ताव (पूर्णपाठसहित)

बिहीबार, २३ मङ्सिर २०७८, १७ : ५८
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी रुपान्तरणको प्रस्ताव अघि सारेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सारेका हुन् । 

‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ थापाले सार्वजनिक गरेको ६१ पृष्ठ लामो प्रस्तावमा आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ । थापाले आफ्नो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने पनि स्पष्ट गरेका छन् । 

कार्यक्रममा बोल्दै थापाले जनतासँग बाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बहाना नरहेको बताए ।  उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको पनि बताए । 

‘हामीले जनआन्दोलनपछि  ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’​

​पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको भन्दै उनले तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएको र जनता पनि निराश भएका बताए ।  

 

थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । काँग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप