
सनसिल्क योजना : तीन जना विजेताले पाए एक लाख

सनसिल्कले सञ्चालनमा ल्याएको दशैं योजनाका विजेताहरु घोषणा भएका छन् । कम्पनीले यो योजनाअन्तर्गत दशैंको समयमा नेपाली नारीहरुलाई शृङ्गार गरेर डिजिटल प्लेटफर्ममा अपलोड गर्न प्रोत्साहन गरेको थियो । जसमा देशभरबाट दुई हजार ८८४ जनाको सहभागिता भएको थियो ।
कम्पनीले दसैंको समयमा व्यस्त हुने नारीहरुलाई शृङ्गारको समय उपलब्ध गराउन यस्तो योजना ल्याएको बताएको छ । सेप्टेम्बर १४ देखि २३ अक्टोबरसम्म चलेको यो योजनामा सहभागिहरुले आफ्नो हेयर स्टाइल दर्साउन पर्ने थियो । योजनामा सहभागिमध्ये तीन जना विजेता घोषणा भएका छन् । र, उनीहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
योजनाका विजेता आशिना देउला, ललाना चिमारिया र प्रतिमा कार्की सनसिल्क दसैं भाइब योजनाका विजेता बनेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ