बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो, नेपालसँग अझै ६५ लाख मात्रा खोप स्टक

बिहीबार, २३ मङ्सिर २०७८, १८ : १३
बिहीबार, २३ मङ्सिर २०७८

 नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

 यस्तै थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप गाभी र कोभ्याक्स सुविधामार्फत आउँदो आइतबार आउने उनले बताए । यसअघि पनि एक लाख ८८ हजार मात्रा मोडर्ना खोप आइसकेको उनको भनाइ छ । यस्तै, हिजो कोभ्यास सुविधामार्फत नै कोभिशिल्ड खोप ६ लाख मात्रा आइपुगेको उनको भनाइ छ । नेपालमा हालसम्म दुई करोड ९४ लाख ५६ हजार ५ सय मात्रा खोप आइपुगेको छ । यस्तै केन्द्र र प्रदेश गरी देशभर ६५ लाख मात्रा कोभिशिल्ड, भेरोसेल र मोडर्ना खोप स्टक रहेको समेत थापाले बताए ।                    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप