शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किम्फ फिल्म फेस्टिभल सुरु

बिहीबार, २३ मङ्सिर २०७८, १८ : ३२
बिहीबार, २३ मङ्सिर २०७८

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीको जोखिमका कारण यो पटक किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको हो । हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए ।

डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने महोत्सवमा विश्वभरदेखि दर्शकले सबै फिल्मलाई किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । 

‘क्लाइमेट कर्म’ मुख्य थिम राखिएको फेष्टिभलमा यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्म देखाइने छ । महोत्सव उद्घाटन कार्यक्रममा काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियर गरिएको थियो । वृत्तचित्र एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा समेटिएको छ ।

कार्यक्रममा वातावरण अभियन्ता तथा सोनम वाङचुकले मानव सभ्यताको सबैभन्दा ठूलो खोजी प्रेम र सम्बन्ध रहेको चर्चा गर्दै जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न सरकार र नागरिक दुबैलाई आग्रह गरे । जलवायु परिवर्तनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्न फिल्म सुन्दर सिर्जना रहेको उनले बताएका थिए । उनले काठमाडौं आउँदा घर फर्किएजस्तो महसुस हुने बताए । भने ‘त्यसैले ,पनि होला मलाई साथीहरुले ५० प्रतिशत भारतीय र सतप्रतिशत नेपाली भनेर जिस्काउने गरेका छन् ।’
गरेको अनुभव सुनाए । 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जलवायु परिवर्तनको असर नेपालजस्ता कम विकसित मुलुकले भोगिरहेको बताउँदै फिल्ममार्फत यसबारे सन्देश दिन फेस्टिभलले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
युरोपेली आयोगकी राजदूत नोना डेप्रेजले जलवायु संकटविरुद्ध लड्न ईयूले नेपाललाई सहायताको प्रतिबद्धता जनाएको बताइन् ।
 
यसपटक नेपाली अभिनेता एवं निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलाइन फिंक र मारियो कासेला निर्णायकको रुपमा छन् । 
कोभिड–१९ महामारीको जोखिम कायमै भएकाले हाइव्रिड शैलीमा फेस्टिभल गर्नुपरेको आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापाले बताए ।

किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितीय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद दिइनेछ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार नगद र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप