बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनको पाठशाला : सम्झना र सम्बन्ध' विमोचन

बिहीबार, २३ मङ्सिर २०७८, १८ : ५५
बिहीबार, २३ मङ्सिर २०७८

नरहरि आचार्यद्वारा लिखित पुस्तक 'जीवनको पाठशाला : सम्झना र सम्बन्ध'  विमोचन भएको छ ।  प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा अयोजित कार्यक्रममा लेखक आचार्य, शोभा शर्मा, प्राध्यापक डाक्टर सावित्री कक्षपति र लेखक तथा पत्रकार सीके लालद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

कार्यक्रमा प्राध्यापक कक्षपति र लेखक सीके लालले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए भने शोभा शर्मा र नरहरि आचार्यले पुस्तक प्रकाशनको पृष्ठभूमि बारे जानकारी दिएका थिए ।
कार्यक्रमा बोल्दै प्राध्यापक डाक्टर कक्षपतिले आफू  संस्कृति अध्ययनमा रुचि राख्ने भएकाले यो आत्मकथाभित्र पनि हाम्रो सांस्कृतिक पक्ष जोडिएर आएको बताउँदै   स्रष्टाले सहभागी भएका पात्रले दुर्घटना भएपछि आयुर्वेदको सहारा लिएको कुरा व्यक्त गरिन् ।

यस्तैगरी सीकेलालले यसमा नरहरि आचार्यको योगदान र सङ्घर्षका कथाहरुको पृष्ठभूमि बुझ्नलाई यो पुस्तक उपयुक्त छ । यो आत्मवृत्तान्तले इतिहासको कच्चा पदार्थ उपलब्ध गराएको बताउँदै आत्मवृत्तान्त केही पूर्वाग्रही हुन्छ र आग्रहमुक्त भनेको शव मात्र हुन्छ भने । उनले उपनिषद्को एउटा उद्धृतांश चरैवती चरैवती  भन्दै उहाँले सबै सिक्दै जाने हो भने ।

लेखक आचार्यले मैले महत्वपूर्ण ठानेका र अहिले सम्झनामा आएका सम्बन्धहरुलाई यस पुस्तकमा प्रस्तुत गरिएको‌ बताए । उनले पुस्तक अध्ययन गर्ने पाठकले आफूले थाहा नभएको कुरा पत्ता लगाउने बताए । जीवनको पाठशाला : सम्झना र सम्बन्ध पुस्तक लेखक आचार्य हृदयघात भई ओछ्यानमै रहँदा लेखिएको पुस्तक हो । उहाँको शरीरको दायाँ भाग चल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप