बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा बेवारिसे अवस्थामा नवजात शिशु फेला

बिहीबार, २३ मङ्सिर २०७८, २० : ५४
बिहीबार, २३ मङ्सिर २०७८

सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा एक बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । स्थानीयवासी सन्तोष साहका अनुसार बाटोमा हिँडिरहेका मानिसले बच्चा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल लगिएको थियो ।

शिशुको जन्म करिब एक साता अघि भएको हुन सक्ने बताइएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएकोे छ ।

अवैध सम्वन्धका कारण बच्चा जन्मेकाले समाजिक डरका कारण आमाले घर लैजान नसकी बाटोमै छोडेर हिँडेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । अहिले शिशुलाई जिल्ला अस्पताल सिरहामा राखिएको सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । उनले बच्चाको अवस्था सामान्य रहेको पनि बताए । बच्चा कसको हो र किन फालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप