हङकङका सञ्चार वादशाह दोषी ठहर
हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।
गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङकङ सरकारको प्रतिबन्धबीच उनीहरु श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी भएको आरोपमा अदालतले दोषी ठहर गरेका उनीहरु पछिल्ला तीन व्यक्ति हुन् । वार्षिक कार्यक्रममा सहभागी भएको आरोपमा अहिलेसम्म दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र कार्यकर्तालाई दोषी ठहर गरिएको छ । सुनुवाइका क्रममा आफूहरुले कार्यक्रममा मैनबत्ती जलाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो तयारी राम्रो छ, राम्रो खेल देखाउँछौँ : कप्तान तुम्बापो
-
आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ : नामिबियालाई हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लियो ओमान
-
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
-
१० सांसदले सोधेको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)
-
मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर
-
परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबिच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह