मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

उद्घाटन सत्र सकिएलगत्तै काँग्रेसको बन्दसत्र सुरु हुने

शुक्रबार, २४ मंसिर २०७८, १७ : ०१
शुक्रबार, २४ मंसिर २०७८

नेपाली काँग्रेसको उद्घाटनसत्र सकिनेबित्तिकै बन्दसत्र सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 
यस्तै काँग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि  सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

काँग्रेसमा उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ ।  दाबी विरोधउपर निर्णय पनि  भोदि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप