उद्घाटन सत्र सकिएलगत्तै काँग्रेसको बन्दसत्र सुरु हुने

नेपाली काँग्रेसको उद्घाटन सत्र सकिएसँगै अब केहीबेरमा बन्दसत्र सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बन्दसत्रमा काँग्रेसको ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । बन्दसत्रमा महामन्त्रीद्वय शशांक काेइराला र पूर्णबहादुर खड्काकाे सांगठनिक प्रतिवेदन, काेषाध्यक्षकाे लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने छन् ।
यस्तै काँग्रेसको निर्वाचन प्रक्रिया भने शनिबारदेखि सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
काँग्रेसमा उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ । दाबी विरोधउपर निर्णय पनि भोलि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिकथा : उपदेश
-
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारका मुख्य प्राथमिकता : प्रधानमन्त्री
-
राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृत डिएसपीमा बढुवा
-
संघीयताको पाँच वर्ष बित्यो, लुम्बिनीबाट कहिले सर्लान् कर्णालीका संरचना ?
-
विश्वविद्यालय विधेयकप्रति सांसदहरूको शङ्का
-
आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री