काँग्रेस महाधिवेशन : चुनाव अघिको चहलपहल तस्बिरमा
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको निर्धारित समय सकिएको छ । पार्टीको नेतृत्व, पदाधिकारी तथा केन्द्रीय समिति सदस्य पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताका क्रममा महाधिवेशन आयोजनास्थलमा नेता–कार्यकर्ताहरूको विशेष चहलपहल देखियो । उम्मेदवारी दर्ता गराउन आएका नेताहरूले महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्नुका साथै महाधिवेशन प्रतिनिधिहरूले पनि आफूले रुचाएको उम्मेदवारको पक्षमा माहौल बनाउन भूमिका निर्वाह गरे ।
दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने क्रममा शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई साथमै राखेका थिए । सभापति पदमा देउवाका अतिरिक्त डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् । शनिबार उम्मेदवारी दर्ताको कार्यसूची रहेका कारण महाधिवेशन प्रतिनिधिहरूको भने खासै भूमिका देखिएन । उनीहरूले महाधिवेशन आयोजनास्थलमा फुर्सदिला बनेर विभिन्न नेताको कुरा सुनेरै समय बिताए ।
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण